खाेज्नुहाेस

पत्रकार खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार

Image

धनगढी – डोटीका पत्रकार दीर्घ खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ । खत्रीको शनिवार गोदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।

प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चौतारीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।

attariya hospital
navjiwan hospital

अन्तिम श्रद्धाञ्जली सभामा संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सह इन्चार्ज सुशील ढुंगाना, कैलाली इन्चार्ज हरि जोशी, डोटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी,महासचिव भानुभक्त आचार्य, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल,प्रेस युनियनका जिल्ला र प्रदेशका पदाधिकारी, महासंघ सुदूरपश्चिमका संस्थापक अध्यक्ष अर्जुन शाह, पूर्व अध्यक्ष योगेश रावल लगायतका पत्रकार तथा खत्रीका आफन्तको उल्लेख्य सहभागिता थियो ।

खत्रीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताउँदै महासचिव भानुभक्त आचार्यले उनको योगदानको स्मरण गरेका थिए । रेडियो नेपालको दिपायल प्रसारण केन्द्रमा कार्यरत खत्री अढाई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।