खाेज्नुहाेस

डोटीमा ६० प्रतिशत बिलोमा ठेक्का पारेका ठेकेदार सम्पर्क विहीन

Image

डोटी – डोटीको एक सडकमा ६० प्रतिशत बिलोमा ठेक्का पारेका ठेकेदार सम्पर्क विहीन बनेका छन् । शिखर नगरपालिका–११ नालीदेखि सिमार सडकको ठेक्का लिएको कम्पनी २० प्रतिशत काम गरेर सम्पर्क विहीन भएको हो ।

उक्त सडक निर्माणका लागि २०८१ फागुन ५ मा जेडीएमआर विल्डर्स काठमाडौँसँग ५१ लाख २१ हजार ९ सय ५५ रुपैयाँमा सम्झौता भएको थियो ।

add everest academy
attariya hospital
navjiwan hospital

१ करोड २८ लाख २१ हजार ७ सय ८६ रुपैयाँ स्टमेट गरिएकोमा उक्त कम्पनीले ६० प्रतिशत बिलो अर्थात् ५१ लाख २१ हजार ९ सय ५५ रुपैयाँको बोलपत्र हालेर ठेक्का आफ्नोमा पारेको थियो । तर अहिले साइडमा २० प्रतिशत पनि काम नगरेर ठेकेदार रवि सिंह सम्पर्कमा नआएका हुन ।

शिखर नगरपालिकाका इन्जिनियर संजय खड्काले ठेकेदार कम्पनीले सम्झौता भएको दोस्रो दिन १० लाख २५ हजार पेस्कीस्वरुप लिइसकेको बताए । उनले भने ‘कम्पनीले २०८२ असार १६ गते काम सक्नुपर्ने भनेर सम्झौता भएको थियो तर ठेकेदार एक महिनादेखि सम्पर्कविहीन छन् ।’

उक्त सडक बनेपछि ११ नम्बर वडा पनि सडक सञ्जालसँग जोडिने थियो । वडा नम्बर ११ का वडाध्यक्ष कर्णबहादुर विष्टले पटक पटक चिठ्ठी काट्दा पनि ठेकेदार सम्पर्कमा नआएको बताए ।

attariya technical collage

उनले भने ‘हामी पालिकाबाट ठेकेदारको कम्पनीलाई पटक–पटक चिठ्ठी काट्दा पनि हामीलाई अटेर गरेर ठेकेदार फरार छन् । उनलाई अब पालिकाबाट कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले तीन पटक ताकेता गरिसकेको भए पनि ठेकेदारले बेवास्ता गरेको बताए । उनले कानुनी पक्रिया अगाडि बढ्ने तयारी गरेको बताए ।