बैतडी – बैतडीको पुर्चौंडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–१ खडीखेत बजारदेखि हाट बसपार्क तर्फ आउँदै गरेको सु.प.प्र.०२–००१ त १६०० नम्बरको ट्याक्टर बिहिबार दिउँसो दुर्घटना हुँदा चालक कञ्चनपुरको सुडा निवासी ४४ बर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा चालकमात्रै रहेका बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए ।

ट्याक्टर सडकबाट करीब २५ मिटर तल नदी किनारमा खसेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















