खाेज्नुहाेस

बाजुरामा खोलाले बगाउँदा पूर्व वडा सदस्य बेपत्ता

Image
file photo

बाजुरा – बाजुराको गौमूल गाउँपालिकामा खोलाले बगाएर पूर्व वडा सदस्य बेपत्ता भएका छन । आइतबार गौमूल वडा नम्बर ३ का पुर्व वडा सदस्य ४५ वर्षीय धनबहादुर बोहरा बेपत्ता भएका हुन ।

navjiwan hospital

बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले बताए । उनले प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको बताए ।

add everest academy
attariya hospital

Update : बाजुरामा खोलामा बगेर बेपत्ता भएका पूर्व वडा सदस्य मृत फेला