खाेज्नुहाेस

डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

Image

डोटी – डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।

जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

दुर्घटनामा सायल गाउँपालिका– ४ भल्मा बस्ने वर्ष २५ की पदमा बिष्ट, सायल गाउँपालिका–३ कचाली बस्ने वर्ष ६० की हरु बयाडी, सोही ठाउँका वर्ष २१ को यदु बयाडी घाइते भएका छन ।

त्यस्तै, पूर्वीचौकी गाउँपालिका–२ ठाकरा बस्ने वर्ष ३५ को गोविन्द ओली, सोही ठाउँकी वर्ष ४० की कुन्ती नेपाली, वर्ष ४० की हर्कादेवी साउँद, वर्ष ४० की कलु साँउद , वर्ष ५० की गोलमादेवी दमाई र वर्ष ३० को बाजी दमाई घाइते भएका छन ।

घाइतेहरूको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले जानकारी दिए ।