खाेज्नुहाेस

कृष्णपुर– १ दोमिल्लाका स्थानिय अम्रिसो खेतीतर्फ आकर्षित

Image

कञ्चनपुर– राम्रो आम्दानी हुन थालेपछि अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ का दोमिल्लाका अधिकांश स्थानीयहरु अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका छन । अम्रिसोबाट बन्ने कुचो बेचेर राम्रो आम्दानी हुन थालेपछि अहिले सो क्षेत्रका स्थानीयहरु अम्रिसो खेती तर्फ आकर्षित बनेका हुन ।

navjiwan hospital

लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने ऐश्वर्य सामुदायिक वनमा अहिले अम्रिसो खेती फस्टाउँदै गएको छ । अहिले सो क्षेत्रमा भईरहेको अम्रिसो खेती स्थानीयहरुको जीविकोपार्जनको माध्यम पनि बनेको छ ।

attariya hospital

सामुदायिक वन उपभोक्ता समितिले गत वर्ष ३० लाख रुपियाँको बिक्री गर्ने लक्ष्य लिएको थियो । तर खेती राम्रो हुँदाहुँदै पनि हात्तीले क्षति पु¥याएपछि सो लक्ष्य पुरा हुन नसकेको समितिका अध्यक्ष ईश्वरबहादुर बुढाले बताए । उनले अम्रिसो खेतीले समूहलाई आम्दानी र उपभोक्तालाई ज्यालादारीमा रोजगारी दिएको बताए । समुहले यस वर्ष अम्रिसोबाट तयारी झाडु बिक्रीबाट १० लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य लिएको उनले बताए ।

सामुदायिक वन उपभोक्ता समितिले एउटा कुचो बनाएबापत १५ रुपियाँसम्म दिने गरेको छ । एक दिनमा एक परिवारले दुईदेखि तीन सय वटा कुचोसमेत तयार पार्ने गरेका छन् । यसरी तयार गरिएको एउटा कुचो ५० देखि ७० रुपियाँको दरले थोक मूल्यमा बिक्री हुने गरेको छ । समूहले सामुदायिक वनको खुला ठाउँमा अम्रिसो खेती गरेर आम्दानी गर्न सुरु गरेपछि स्थानीयहरू आकर्षित भएका हुन् । थोरै जमिन भएका स्थानीयले पनि अम्रिसोबाट घर खर्च निकाल्ने गरेका छन् । स्थानीयले राजमार्गका बजार र धनगढी÷महेन्द्रनगरसम्म कुचो बिक्री गर्छन् ।