प्रहरीले सार्वजनिक गर्‍यो स्रोत नखुलेको २५ करोड

काठमाडौं – प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ। उक्त रकम प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

Karma Consultancy

मंगलबार ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो।

citizen security services

प्रहरीले यो पैसा कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन्।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.