खाेज्नुहाेस

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Image

काठमाडौँ – अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

navjiwan hospital

गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आइतबार प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

attariya hospital

यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।