खाेज्नुहाेस

एसइई परीक्षालाई डर र त्रासका रूपमा नलिऊ : शिक्षामन्त्री 

Image
काठमाडौँ –  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एसइईलाई डर र त्रासका रूपमा नलिन आग्रह गरेकी छिन । मन्त्री भट्टराईले शुक्रवार विद्यार्थीलाई सम्बोधन गरी शुभकामना दिँदै सो कुरा बताएकी हुन ।
godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital
‘‘यो परीक्षा तपाईँको ज्ञान, सीप परीक्षण गर्ने सुनौलो अवसर हो। तपाईँ एक स्तरीकृत परीक्षामा आफूलाई सहभागी गराउँदै हुनुहुन्छ’ उनले भनिन् ‘यस परीक्षालाई डर र त्रासका रूपमा नलिई आफूले सिकेका कुरा व्यवस्थित ढंगले प्रस्तुत गर्न तपाईँले तयारी गर्नुपर्छ।’
उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाबाट शुक्रवारदेखि परीक्षामा उत्तर लेख्ने तरिका सिकाउन थालिएको मन्त्री भट्टराई जानकारी दिइन ।  एसइई चैत ७ गतेदेखि सुरु हुँदैछ।