खाेज्नुहाेस

धनगढीमा ३ दिने योग विज्ञान शिविर सुरु 

Image
धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीको आयोजनामा धनगढीमा ३ दिने योग विज्ञान शिविर सुरु भएको छ। बिहीबार कैलाली बहुमुखी क्याम्पस धनगढीका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यतामा शिविर सुरु भएको हो ।
attariya hospital
शिविर पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीको संयोजनमा आयोजना गरिएको हो। शिविर नेपाल प्रहरी पेट्रोल पम्प पछाडि रहेको प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीको खेल मैदानमा सञ्चालन भइरहेको छ । चैत्र २ गते सम्म सञ्चालन हुने शिविरमा बिहान ६ बजे देखि ७ः३० बजेसम्म योग कार्यक्रम सञ्चालन हुने छ । योग शिविरमा पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र योग प्रशिक्षकको रूपमा रहेका छन् ।
navjiwan hospital
शिविरको उद्घाटनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्द, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, प्रहरी उपरीक्षक नवराज कार्की लगायत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको छ।
सार्वजनिक स्वास्थ्य र मानसिक शान्तिका लागि महत्त्वपूर्ण मानिने योग शिविरमा सर्वसाधारणले पनि सहभागी हुन पाउने छन् ।