खाेज्नुहाेस

साताको पहिलो दिन बढ्यो सुन

Image
file photo
navjiwan hospital

काठमाडौं – नेपाली बजारमा शुक्रबार घटेको सुनको मुल्य साताको पहिलो दिन आज (आइतबार) फेरि बढेको छ । बजारमा सुनको मूल्य १०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

attariya hospital