अत्तरिया – कैलाली कञ्चनपुरका सीमावर्ती क्षेत्रबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार कैलालीको टीकापुरबाट एक जना र कञ्चनपुरको पुनर्वासबाट २ जना पक्राउ परेका हुन ।


टीकापुर नगरपालिका – ९ खक्रौला स्थित सडक खण्डमा भारतबाट नेपाल तर्फ आइरहेको भे १३ प ८२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागू औषध सहित बर्दियाको राजापुर नगरपालिका – १ का २७ वर्षीय सुमन चौधरी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनको साथबाट ८०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै मंगलबार साँझ पुनर्वास नगरपालिका – १० विकाश बस्ती स्थित नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित चालक कृष्णपुर नगरपालिका – ७ का २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडि सवार कृष्णपुर नगरपालिका – ८ का २२ वर्षीय महेश राना पक्राउ परेको प्रहरीले जनाएको छ ।
















