खाेज्नुहाेस

बाजुरामा ढुंगाले हानेर एक जनाको हत्या

Image

बाजुरा – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ। आज (सोमबार) साँझ करिब ६:२० बजे स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्बाश बुढाको हत्या भएको हो।

navjiwan hospital

प्रहरीका अनुसार स्थानीय करिब ४०–४५ वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले बुढालाई कुटपिट गर्दै ढुंगाले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

attariya hospital

घटनाबारे साँझ ७ बजे वडा नम्बर २ का वडाध्यक्ष विष्णुबहादुर बुढाले अस्थायी प्रहरी पोस्ट मुक्तिकोटमा टेलिफोनमार्फत जानकारी गराएका थिए। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक रबिन्द्र धामीको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। टोली साँझ ८:१० बजे घटनास्थल पुगेको थियो।

यसबीच प्रहरीले घटनामा संलग्न धनबहादुरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज फरार रहेको र खोजतलास भइरहेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।