खाेज्नुहाेस

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Image
file photo
navjiwan hospital

काठमाण्डौं – सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

attariya hospital