काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५ सयमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ कायम भएको छ ।