खाेज्नुहाेस

नवलपरासिको गोपिगन्जमा बित्तिय साक्षरता कार्यक्रम आयोजना

Image

अत्तरिया-  नवलपरासिको प्रतापपुर गाउपालिका- २ गोपिगन्जमा बित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सेमरीले कार्यक्रम को आयोजना गरेको हो ।

संस्थाकि सदस्य अनिता कुमारी कोइरी को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव रहेका थिए । कार्यक्रम मा संस्थाका लुम्बिनी प्रदेश प्रमुख बसन्त सुबेदी, अनुगमन अधिकृत लोकनाथ कुबर योगि, ग्लोबल आइएमई बैकं शाखा कार्यालय प्रतापपुर प्रबन्धक सन्तोस पन्त, सुक्रौली शाखा प्रमुख बालकृष्ण बस्याल, भुताहा शाखाका प्रमुख चिन्तामणि ज्ञवाली, संस्थामा आबद्ध १५० महिला सदस्य लगायतको सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा बोल्दै यादवले संस्थाले गरिबी निवारणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए । उनले संस्थाले सामाजिक उत्तदायित्वका क्षेत्रमा पनि काम गरिरहेको बताउदै आगामी दिनमा पनि सदस्यहरुका हितका लागि कार्य गर्न आग्रह गरे ।

यस्तै संस्थाका प्रदेश प्रमुख सुबेदीली संस्थाले बित्तिय कारोवार मात्रै नभइ सामाजिक क्षेत्रमा पनि कार्य गर्ने गरेको बताए । उनले संस्थाले १२२ वटा शाखा कार्यालयहरुबाट १ लाख ५० हजार  भन्दा बढी सदस्यहरुलाई वित्तिय सेवा प्रदान गरिरहेको समेत बताए ।

कार्यक्रममा अनुगमन अधिकृत लोकनाथ योगीले स्थानिय भोजपुरी भाषामा वित्तीय स्रोतहरूको सही व्यवस्थापन, बचत, लगानी, ऋण, बीमा, कर तथा बजेटिङको उचित ज्ञान र प्रयोग गर्ने तरिका र उद्यमशीलता तथा व्यवसाय विकासमा सहायता, कर्जाको ब्यवस्थापन लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

लोकनाथ योगीको  स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको संचालन संस्थाको सेमरी शाखा प्रमुख सुमन उपाध्यायले गरेका थिए ।