ओमोडा र जेको गाडीको नयाँ स्वरुम धनगढीमा सञ्चालन

धनगढी – ओमोडा र जेको गाडीको नयाँ स्वरुम कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । स्वरुमको सेती प्रादेशिक अस्पतालका पुर्व मेसु तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर गणेशवहादुर सिंहले सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक बिक्रेताको रुपमा धनगढी स्थित बोराडाँडीमा कृष्णा अटोमोबाईल्सको स्वरुम उद्घाटन गरिएको हो । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता रहेको एसपिजी अटोमोबाईल्सद्धारा धनगढीमा नयाँ स्वरुम कृष्णा अटोमोबाईल्स सञ्चालनमा ल्याइएको हो ।

Karma Consultancy
belauri nagarpalika

स्वरुम उद्घाटन गर्दै डाक्टर सिंहले नेपाली अर्थतन्त्रका लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण हुने बताए । पछिल्लो समय विद्युतीय गाडीहरुको प्रवद्र्धन भइरहेकोमा खुसी व्यक्त गर्दै उनले पहाडी क्षेत्रहरुमा पनि चार्जिङ सुविधा दिएर सहजता दिनुपर्नेमा जोड दिए । कृष्णा अटोमोबाईल्सका अध्यक्ष कमला जोशी भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहका बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए । उद्घाटन कार्यक्रममा एसपिजी अटोमोबाईल्सका जिएम ज्ञानेन्द्रबहादुर चन्द, एसपिजी अटोमोबाईल्सका सिनियर म्यानेजर आशिष दाहाल लगायतको उपस्थिति रहेको थियो ।

citizen security services

ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । सुदुरपश्चिमका लागि धनगढीमा नयाँ स्वरुम सञ्चालनमा आएपछि नेपाली ग्राहकमाझ लोकप्रिय ओमोडाका गाडी किन्ने सुदुरपश्चिम प्रदेशका ग्राहकहरुका लागि सहजता भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.