खाेज्नुहाेस

धरौटी बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रविको निवेदन

Image

काठमाडौं । ६५ लाख धरौटी बदर गर्न माग गर्दै रास्वपाका सभापति रवि लामिछाने उच्च अदालतमा निवेदन दिएका छन । कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका हुन् । उनले सोमबार जिल्ला अदालतको आदेश बदर गर्न माग गरेका छन् ।

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।

attariya hospital
navjiwan hospital

पुस २५ गते जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएका थिए । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो । सो निवेदनमा पोखराले प्रतिवेदन माग गरेको छ ।

कास्की अदालतमा रविउपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोगमा मुद्दा चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सुरूमा रविविरूद्ध मुद्दा दायर गरिएको थिएन । पछि पूरक अभियोगपत्र दर्ता गर्दा उनी प्रतिवादी कायम भएका थिए ।

रवि काठमाडौंको स्वर्णलक्ष्मी र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि मुछिएका छन् । काठमाडौंबाट ६० लाखमा छुटेका उनी आइतबार रुपन्देहीबाट १ करोड धरौटी तिरेर छुटेका थिए ।

maya metro hospital