खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित ४ जना पक्राउ 

Image
file photo
अत्तरिया – प्रहरीले कञ्चनपुरबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
दोधारा चाँदनी नगरपालिका – ४ महाकाली माता मन्दिर नजिकबाट स्थानीय ३६ वर्षीय जानकी दमाईले सञ्चालन गरेको किराना पसलमा लागू औषध चरेसको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले गरेको खानतलासी १९.५४ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै सोही ठाउँबाट ३९ वर्षीय गौखे दमाईको साथबाट १.०७ ग्राम र भीमदत्त नगरपालिका – ११ भुजेलाका २१ वर्षीय अविशेक सुनारको साथबाट ०.६१ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
maya metro hospital
यस्तै बिहीबार साँझ कृष्णपुर नगरपालिका – ७ कलुवापुरबाट २१ वर्षीय दीपक रानाको घरमा खानतलासी गर्दा उनले सुत्ने कोठाबाट लुकाई राखेको अवस्थामा ०.११ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।