खाेज्नुहाेस

हिजो २ अंकले बढेको नेप्से आज ७ अंकले घट्यो

Image

काठमाडौँ – धितोपत्र कारोबारमापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७ दशमलव ३३ अङ्कले घटेर दुई हजार ५८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ। हिजो नेप्से १ दशमलव ८३ अङ्कले बढेको थियो। आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन्। बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

attariya hospital
navjiwan hospital

आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड ६ दशमलव ६५ प्रतिशतले बढेको छ।

त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स ९ दशमलव ३९, खानीखोला हाइड्रोपावर ९ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य ७ दशमवल ५७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको २८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।