
काठमाडौं – नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । बुधवार प्रतितोला चार सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधवार मङ्गलवार को तुलनामा प्रतितोला चार सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
