खाेज्नुहाेस

पर्यटन राज्यमन्त्री चौधरी विरुद्धको रिट खारेज, सांसद पद जोगियो

Image

पर्यटन राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्धको रिट खारेज भएको छ । सर्वोच्च अदालतले बुधबार उनीविरुद्धको रिट खारेज गरेको हो ।

navjiwan hospital

कैलाली २ बाट निर्वाचित चौधरीविरुद्ध अधिवक्ता वसन्त जोशीले प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखी रिट दायर गरेका थिए ।

attariya hospital

सो रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले माग दाबी नपुग्ने फैसला गरी रिट खारेज गरेको हो । रिट खारेज भएसँगै चौधरीको सांसद पद जोगिएको छ ।