खाेज्नुहाेस

दुई अंकले बढ्यो सेयर बजार

Image

काठमाडौँ – बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो ।

navjiwan hospital

विकास बैंक, होटेल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सीमान्त रूपमा मात्रै सकारात्मक बनेको हो ।

attariya hospital

बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ।