खाेज्नुहाेस

पार्टी मजबुत बनाउन भातृ संगठनको सहयोग अपरिहार्य : पूर्व मन्त्री देउवा 

Image
टीकापुर  – सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले संगठन मजबुत बनाउन भातृ संगठन क्रियाशील हुनुपर्ने बताएका छन् । नेता देउवाले पार्टीको मेरुदण्ड भनेकै युवा शक्तीहुन् स्थानीय तहबाटै युवाहरू संगठन बनाउन जुट्नुपर्ने अवस्था आएको बताएका छन् ।
attariya hospital
navjiwan hospital
अहिले कांग्रेस पार्टी १०० दिने अभियानमा लागेकोले यसका लागी भातृ संगठनहरुले सघाउनुपर्ने बताए । कैलालीको टीकापुरमा भएको नेपाल तरुण दलद्वारा आयोजित जिल्ला स्तरीय माघी मिलन तथा तरुण प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्व मन्त्री देउवाले भातृ संगठन बलियो र चलायमान भएमा पाटी बलियो हुने भएकोले आफ्ना कार्यकर्तालाई संगठन मजबुत बनाउन लाग्नुपर्ने सुझाव पनि दिएका छन् । कार्यक्रम नेपाल तरुण दल क्षेत्र नं. १ कैलाली नेपाल तरुण दल नगर कार्यसमिति टीकापुरका अध्यक्ष कल्पेस कुँवरको अध्यक्षतामा भएको हो ।