रास्वपाले सुदूरपश्चिममा पार्टी संगठन विस्तार गर्ने

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । २७ र २८ पुसमा बसेको रास्वपा सुदूरपश्चिमको बैठकले पार्टीलाई वडा र स्थानीय तहका अधिवेशन केन्द्रित गरेर संगठन निर्माणमा तीव्रताका साथ अघि बढ्ने निर्णय गरेको प्रदेश महामन्त्री तथा प्रवक्ता सन्तोषराज जोशीले जानकारी दिए ।

maya metro hospital

जोशीले पार्टीको महाधिवेशनलाई समयमै सम्पन्न गर्न पालिका र वडा समितिहरू गठनमा तीव्रता दिने, वडा अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने निर्णय गरिएको बताए ।

citizen security services

उनका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि तहगत संरचना बलियो बनाउने, गठित समितिहरूलाई प्रभावकारी बनाउने र पार्टीका सिद्धान्त र मूल्यमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकमा पार्टी संगठन विस्तार अभियानअन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.