बैतडीको पाटन नगरपालिकामा एक वडासदस्य पद रिक्त

बैतडी– बैतडीको पाटन नगरपालिकामा एक वडासदस्य पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका वडासदस्य रमेश राम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त रहेको आयोगले जनाएको हो ।

maya metro hospital

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा सम्बन्धित दलले निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने कानुनी व्यवस्था छ ।

citizen security services

सोही अनुसार कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएको थियो । सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको हो । यस सम्बन्धमा आयोगले पुस २९ गते सूचना सार्वजनिक गरी जानकारी दिएको छ ।

attariya hospital

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.