खाेज्नुहाेस

अत्तरिया कृषि सहकारी संस्थाको अध्यक्षमा साउँद चयन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा देव बहादुर साउँद चयन भएका छन । शुक्रबार सम्पन्न संस्थाको नवौँ वार्षिक साधारण सभा तथा दोस्रो चुनावी सभाले साउँदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

navjiwan hospital

सभाले साउँदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शेर बहादुर राई, सचिवमा पदम बहादुर खाती र कोषाध्यक्षमा सन्तु मगराठी सार्की रहेका छन । यसैगरी संस्थाको सदस्यमा दुर्गा महत, केशव सिंह गुरुङ, सविता भण्डारी, हरीकृष्ण पाण्डेय, केशर सिंह गुरुङ, पुनम देवी भट्ट, खेम बहादुर ढकाल र कृष्ण बहादुर नेपाली चयन भएका छन ।

attariya hospital

सभाले नन्दराज भट्टको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा भागरथी कुमारी बडु र धर्मा देवी साउँद रहेका छन । साधारण सभाको बन्दसत्रमा नयाँ कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत गरिएको थियो ।