खाेज्नुहाेस

भीम रावलले प्रचण्डकै आरोपको ‘कपी पेस्ट’ गरेको एमालेको निष्कर्ष

Image

काठमाडौं – नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेको छ ।

navjiwan hospital

बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको कपी पेस्ट मात्र नेता रावलले लगाएको बताए ।

attariya hospital

उनले भने,‘२०७७ साल कात्तिकमा लगभग यी नै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो । एक किसिमले कपी पेष्ट हो । त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ । गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो । गालीगलौजले देश बन्दैन ।’

त्यस्तै, उपमहासचिव ज्ञवालीले रावलले ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ गालीगलौज अनि पौने प्यारामा अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय नरहेको पनि बताए ।