खाेज्नुहाेस

सांसद शाहीले थाले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ चलाउने घोषणा गरेका छन्। यो अभियान सुदूरपश्चिममा भइरहेको शासन र शोषणविरुद्ध विद्रोहको रूपमा रहेको छ, जसले प्रदेशलाई विकासको मुख्यधारमा ल्याउने दबाब दिने विश्वास शाहीले व्यक्त गरेका छन्। शाहीका अनुसार, प्रदेशमा बजेटको विभाजन र स्रोतको वितरणमा असमानता हुँदा सुदूरपश्चिम पछि परेको छ। उनले संविधान संशोधनमा प्रदेशलाई विशेष प्राथमिकता दिनुपर्ने मागसमेत गरेका छन्।

navjiwan hospital

शाहीले केन्द्र सरकारले वितरण गर्ने बजेट, राष्ट्र बैंकको लगानी र वैदेशिक अनुदानमा सुदूरपश्चिमलाई प्राथमिकता नदिएको भन्दै विद्रोह गर्नुपर्ने आवश्यकता भएको बताएका छन्। सुदूरपश्चिमका योजनाहरू अलपत्र परेका र प्रदेशको अवस्था कमजोर रहेको उनको भनाइ छ। अभियानको उद्देश्य प्रदेशको आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक सुधार हो। शाहीले भनेका छन्, ‘अभियान कुनै राजनीतिक दलसँग सम्बन्धित छैन, यो सुदूरपश्चिमको समृद्धिका लागि हो।’

attariya hospital

अभियानमा सुदूरपश्चिमका विभिन्न दल, नागरिक समाज र बुद्धिजीवीहरू सहभागी रहने शाहीले बताएका छन्, र अभियानलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्ने योजना छ।