खाेज्नुहाेस

कमिसन खाएर योजना बाँडेको भेटिए पदमा बस्दिनँ : मुख्यमन्त्री शाह

Image

अछाम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कमिसन खाएर योजनाहरू बाँड्ने प्रमाणित भए आफू तत्काल पदबाट राजीनामा दिने बताएका छन् । अछामका जनप्रतिनिधिहरूले प्रदेश सरकारले आफूनिकट व्यक्तिहरूसँग मिलेर कमिसनको आधारमा योजनाहरू वितरण गरेको आरोप लगाएपछि मुख्यमन्त्री शाहले यस विषयमा स्पष्ट प्रतिक्रिया दिएका छन् ।

अछामको जिल्ला सभामा सहभागी जनप्रतिनिधिहरूले प्रदेश सरकारले कमिसनको आधारमा योजनाहरू बाँड्ने गरेको र आफूमार्फत प्रस्ताव गरिएका योजनामा बेवास्ता गरेको आरोप लगाए । यसपछि मुख्यमन्त्री शाहले भने, ‘यदि यो कुरा प्रमाणित गर्न सकिन्छ भने म एक मिनेट पनि पदमा बस्दिनँ ।’

attariya hospital
navjiwan hospital

मुख्यमन्त्री शाहले नीति निर्माण र बजेट विनियोजनमा अस्वस्थ चलखेल भएमा त्यसलाई क्षम्य नहुने चेतावनी पनि दिएका छन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल एक व्यक्तिले केही गर्न नसक्ने बताएका छन् र यसका लागि सम्पूर्ण सदनको सहमति आवश्यक रहेको बताएका छन् ।

अछामका मुख्यमन्त्रीले यस क्षेत्रका मुख्य विकास योजनामा ढिलाइ हुनुको दोष संघीय सरकारमाथि लादेका छन । उनले बेतन कर्णाली जलविद्युत आयोजना संघीय सरकारकै कारण अनिश्चिततामा परेको आरोप पनि लगाए । यस क्षेत्रमा नागरिकहरूलाई गुमराह गरेर बेतन कर्णालीको लगानीसँग खेलवाड भइरहेको आरोपसमेत उनले उठाए ।

मुख्यमन्त्री शाहले भने, ‘संचय कोषले हात झिक्ने सुन्दै छु, अब अर्कै जिम्मा लगाइँदै छ, हामी यसमा सचेत हुनुपर्छ ।’