खाेज्नुहाेस

भीम रावलले भेटे मल्ल र जोशी

Image

काठमाडौं – नेकपा एमालेले संगठित सदस्यता खोसेसँगै पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्नमा व्यस्त छन् । रावलले सोमबार नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन् ।

navjiwan hospital

मल्ल र जोशीसँगको छलफलमा रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने बताएका छन् । उनले आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन् ।

attariya hospital

रावलले आगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सो पत्रकार सम्मेलनबाट रावलले एमालेले गरेको कारबाही र आगामी योजनाबारे जानकारी दिने बताईएको छ ।
पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो ।

२०७८ सालको मंसिरमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा उठेका रावल केपी शर्मा ओलीसँग भारी मतले पराजित भएका थिए । सर्वसम्मत रुपमा उपाध्यक्ष बन्न गरिएको प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिएका रावल त्यसयता एमाले नेतृत्वको किनारामा पर्दै आएका थिए ।