धनगढी– धनगढीमा आज देखि तीन दिनसम्म भुवा पर्व मनाइने भएको छ । बाजुरेली सेवा समाज धनगढीले आजदेखि दिनसम्म भुवा पर्व मनाउन लागेको हो ।

भूूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका सचिव भरत केसी बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसंगै प्रतियोगिता पनि आयोजना गरिनेछ ।

प्रतियोगितामा सुदूरपश्चिमका तराइका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताईएको छ ।
प्रतिस्पर्धामा सहभागी हुने समूहले नगद तथा प्रमाणपत्र पाउने समेत आयोजकले जनाएको छ ।


















