खाेज्नुहाेस

धनगढीका नगरप्रमुख हमालको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगे प्रचण्ड

Image

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेका छन ।

navjiwan hospital

दिमागको पक्षघात भएपछि भारतमा उपचार पश्चात घरमा आराम गरिरहेका हमालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डले धनगढीस्थित घरमा हमाललाई भेटेका हुन ।

attariya hospital

हमाललाई भेट्न प्रचण्ड सहित नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल, राष्ट्रियसभाका सदस्य हरिराम चौधरी, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेश सभा सदस्य ओमबिक्रम भाटलगायतका नेताहरू हमाल निवासमा पुगेका बताईएको छ ।