खाेज्नुहाेस

कञ्चनपुरबाट प्रचण्डको उद्घोष : पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ

Image

कञ्चनपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गरेका हुन् ।

navjiwan hospital

उनले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताए ।

attariya hospital

‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन,’ उनले भने, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’

उनले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुनेसमेत जिकिर गरे ।