खाेज्नुहाेस

कांग्रेसको स्वास्थ्य विभागमा कैलालीका पाठक मनोनित

Image
navjiwan hospital

अत्तरिया – नेपाली कांग्रेसको स्वास्थ्य विभागको सदस्यमा कैलालीका डा. लक्ष्मीराज पाठक मनोनित भएका छन । पार्टी सभापति शेरबहादुर देउवाले बिहिबार पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको पार्टीको स्वास्थ्य विभागको सदस्यमा पाठकलाई नियुक्त गरेका हुन ।

उक्त विभागमा पाठक सँगै डा. मुक्तिराम श्रेष्ठ, डा.अनिलकुमार झा, डा. सुमन कर्माचार्य, डा. सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल र बुधिसरा सुनुवार मनोनित भएका छन ।

attariya hospital