खाेज्नुहाेस

‘कञ्चनपुरमा भारतले १ हजार बिघा जग्गा कब्जा गर्दा पनि सरकार बोल्न सकेन’

Image

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि सरकार बोल्न नसकेको बताएका छन् । उनले सरकार देशको सीमा रक्षामा असफल भएको बताउँदै बिहीबार एक विज्ञप्ति जारी गरेर सरकारको आलोचना गरेका हुन् ।

navjiwan hospital

उनले भने, ‘नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब एक हजार बिघा (६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।’

attariya hospital

यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि सरकारले नदेखेको उनको आरोप छ । ‘म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरू समेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस् भन्ने माग गर्दछु, उनले भने ।’

465939732_566982969479925_7565339082689466117_n