खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो, भए ३ निर्णय

Image

अत्तरिया- कैलालीको धनगढीमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक बसेको छ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ निर्णय गरेको छ ।

navjiwan hospital

जसअन्तर्गत बैठकबाट बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री केन्द्रविन्दु भएर गत शनिबार गएको ५.२ म्याग्नेच्युडको भूकम्पबाट पिडितहरूलाई  विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापना गर्ने निर्णय भएको बताइएको छ । त्यसैगरी संसदीय अभ्यासलाई सुचारू गर्नका लागि गतिविधि यथाशीघ्र अगाडि बढाउने र रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा टुङ्ग्याई कार्यन्वयन गर्ने निर्णय गरिएको छ ।

attariya hospital

बैठकमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल सदस्यका रूपमा सहभागी थिए । बैठकले संयन्त्रको अध्यक्षता आलोपालो प्रणालीमा गरिने सहमति समेत गरेको छ ।