
डोटी- डोटीको एक घरमा आगलागी भएको छ । दीपायल सिलगढी नगरपालिका–३ माटेओडारस्थित पशुदेवी साउँदको घरमा आइतबार आगलागी भएको हो ।
प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको बताएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुनका गरगहना तथा नगद समेत जलेर अन्दाजी ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालउ डोटीले बताएको छ । आगलागी प्रहरीले स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जनाएको छ ।














