खाेज्नुहाेस

कैलालीको भादाबाट अवैध काठ सहित ४ जना पक्राउ

Image
file photo

अत्तरिया – कैलालीको भादाबाट प्रहरीले अवैध सालको काठ सहित ४ जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

आइतबार धनगढी उपमहानगरपालिका – ६ भादा स्थित गणेश सामुदायिक वनबाट ३ गोलिय (३२ क्युफिट) काठ सहित ४ जना पक्राउ परेका हुन ।

attariya hospital

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय अयोध्या प्रशाद चौधरी, राम बहादुर साउँद, ४५ वर्षीय राम कुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुलाई गोरू गाडामा काठ लोड गरी रहेको अबस्थामा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

अवैध काठ सहितको गोरु गाडा र पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारीलाई बुुझाइएको प्रहरीले जनाएको छ ।