अत्तरिया – नेपाल मानवतावादी पार्टीले कैलालीमा टोल सम्मै संगठन विस्तार गर्ने भएको छ । पार्टीको आइतबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीको नगर, वडा र टोल सम्म संगठनिक संरचना बनाउने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष अंगद विकको अध्यक्षतामा बसेको पहिलो जिल्ला बैठकले संगठनिक संरचना विस्तार गरेको ठाउँमा पार्टी सदस्य तथा क्रियाशिल सदस्यता दिने निर्णय गरेको छ । बैठकले सचेतक डम्बरी बिकलाई प्रवक्तामा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष विकले बताए ।

नेपाल मानवतावादी पार्टीको मंसिर २९ गते बसेको जिल्ला भेलाले पहिलो कैलाली जिल्ला कमिटी चयन गरेको थियो । २०६९ सालमा स्थापना भएको नेपाल मानवतावादी पार्टीले हाल देशैभरी संगठन विस्तार गरिरहेको जनाएको छ ।














