खाेज्नुहाेस

धनगढीमा अवैध सुनसहित कारमा आएका २ भारतीय पक्राउ

Image

अत्तरिया- धनगढीमा अवैध सुनसहित कारमा आएका २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षका दीपक गुप्ता र ३४ वर्षका सुमित वर्मा रहेका प्रहरीले बताएको छ ।

navjiwan hospital

आइतबार उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट पक्राउ गरेको जनाएको छ ।

attariya hospital

दीपकले चलाएको भारतीय नम्बर प्लेट यूपी ३२ जेभी ९२०० को कारलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडिभित्र राखिएको ज्याकेटको खल्तिमा लुकाई छिपाई राखेको ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका काटिएका टुक्रा २ थानसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट सुनसहित एक थान ल्याप्टप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली नगद र १ हजार २८० भारतीय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।