खाेज्नुहाेस

जिल्ला प्रशासन कञ्चनपुरमा कालो ब्यानर, भूमाफियालाई संरक्षण दिएको आरोप

Image

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कालो ब्यानर टासिएको छ । स्थानीय युवाहरूले भीमदत्त नगरपालिकाले भूमाफियालाई संरक्षण दिएको आरोप लगाउँदै प्रशासन अगाडि विरोध गर्दै ब्यानर टासेका हुन ।

navjiwan hospital

प्रदर्शनकारीहरूले नगर विकास समितिको अतिक्रमित जमिन फिर्ता ल्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्काल कारबाहीको माग गरेका छन ।

attariya hospital

युवाहरुले टासेको व्यानरमा लेखिएको छ ‘गृहमन्त्री रमेश लेखक भएको संगै उहाकै गृहनगरमा भएको अतिक्रमण जमिन खालि गराउने कार्य ठप्प रहेपछि युवा बिधार्थिहरुले सयुक्त रुपमा जिल्ला प्रशासनमा भु–माफियाहरुलाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यु गृहमन्त्री रमेश लेखक ज्यु र नगर विकास समिति अध्यक्ष पदम बोगटी ज्यु ,भीमदत्त नगर विकास समितिको जमिनमा बनेका अबैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरेको सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौं ।’