अत्तरिया – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति) ले जात व्यवस्थाले नै मानिसलाई धनी र गरिब बनाउने काम गरेको बताएका छन । शनिबार अत्तरियामा आयोजित पार्टीको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कुन कथित एक जातमा भएकै कारण गरिब र कथित अर्को जातमाभएकै कारण धनी हुँदै गएको बताए । उनले जात व्यवस्थाले नै नेपालमा वर्गको निर्माण गरेको बताए । उनले जात व्यवस्थाका बारेमा कुरा गर्नु भनेको कुनै जातको विरुद्धमा कुरा गर्नु नभएको बताए ।
‘जात व्यवस्था विरुद्ध लड्नु पर्छ भन्दा म यो नेपाली समाजको ब्रामणको पक्षमा लडिरहेको हुन्छु’ उनले भने ‘हिन्दु समाजमा ब्रामण व्यक्ति स्वतः सम्मानित छ । तर, त्यही ब्रामण युरोप, अमेरीका जाँदा केही पनि हुँदैन ।’


उनले जात व्यवस्थाको कारण ब्रामणलाई आविष्कार नभएर पिण्ड खाने पुरेत बनाइदिएको बताए । जात व्यवस्थालाई दलितलाई पछि मात्रै पारेन ब्रामणलाई पनि दुनियाको रंगमञ्चमा भिकारी बनाएको उनले बताए ।
उनले कम्युनिष्टले वर्ग सघर्ष गर्ने भनेपनि नेपालमा जात व्यवस्थाले गरिव गरिव बिच फुट गरेकाले जात व्यवस्था अन्त्य गर्नुपर्ने बाध्यता रहेको बताए । उनले वर्ग संघर्ष गर्नको लागि जात सँगसँगै अन्त्य गर्नु पर्ने बताए ।
भिडियो

















