काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।