खाेज्नुहाेस

धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क तोकियो

Image

काठमाडौंको धरहरा चढ्न अब दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। यसअघि परीक्षणका रुपमा निशुल्क धराहरा चढ्ने व्यवस्था गरिएको थियो। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ जारी भएसँगै शुल्क निर्धारण गरिएको हो।

navjiwan hospital

शहरी विकास मन्त्रालयले धराहरा प्रवेश शुल्क सम्बन्धी बिहीबार प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो। यो प्रस्ताव स्वीकृत भएसँगै शुल्क लाग्ने भएको हो। अब सार्क राष्ट्रबाट आउने पर्यटकले ५०० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, सार्क बाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

attariya hospital

मंसीर ९ गतेदेखि धरहरा चढ्दा शुल्क लाग्ने शहरी विकास मन्त्रालयले जनाएको छ। विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघन्टा पाँच हजार रुपैयाँ लाग्नेछ। त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघन्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ शुल्क तोकिएको छ।