धनगढी – सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन । मंसिंर १६ गते उपनिर्वाचनका लागि निर्वाचन अधिकृत खटाइएका हुन ।
जसमा बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी, दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराज अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भने उपाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ । कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ ।
वडाअध्यक्षको उम्मेदवारमा कोली
यसैबिच कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरको बैठकले कोलीलाई उपनिर्वाचनमा वडाअध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।