आजबाट कोप-२९ सुरु

काठमाडौँ- अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) आज सुरु हुँदैछ ।

maya metro hospital

सम्मेलन नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते)सम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल हिजो बाकु प्रस्थान गरिसकेका छन् । उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदैछन् । एक सय ९२ वटाभन्दा धेरै देशहरुका राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरुसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्दैछन् । जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरणहरु कोपमा प्रस्तुत गरिने वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले बताए ।

attariya hospital

सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) तथा राष्ट्रिय अनुकूलन योजना ९न्याप० कार्यान्वयन गर्नका लागि अन्तराष्ट्रिय जलवायु वित्त, क्षमता र प्रविधिको आवश्यकता भएकाले यसपटकको कोपमा जलवायु वित्तलाई नै बढी प्राथमिकता दिइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.