खाद्यद्धारा कञ्चनपुरमा ५ सय क्विण्टल धान खरिद

कञ्चनपुर – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कञ्चनपुरबाट ५ सय क्विण्टल धान खरिद गरेको छ । कम्पनीले महेन्द्रनगर, झलारीमा खरिद केन्द्र सञ्चालनमा ल्याएर हालसम्म ५ सय क्विण्टल धान खरिद गरेको छ ।

maya metro hospital

खाध्यले महेन्द्रनगर र झलारीमा कात्तिक १२ देखि धान खरिद गरिरहरेको छ । बेदकोट नगरपालिकामा पनि खरिद केन्द्र राख्ने विषयमा छलफल भइरहेको महेन्द्रनगर शाखा प्रबन्धक सुदर्शन थापाले बताए ।

उनले जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वास नगरपालिकामा पनि खरिद केन्द्र सञ्चालनको लागि पहल गरिएपनि स्थानीय तहले चासो नदिएका कारण गाह्रो भएको बताए ।

attariya hospital

अहिले खाद्यले मोटा धान प्रति क्विन्टल ३४ सय १० रुपैयाँ निर्धारण गरेको छ । यस वर्ष खाद्यले कञ्चनपुरमा १५ सय मेट्रिक टन धान खरिदको कोटा पाएको छ ।

गत वर्ष पनि १५ सय मेट्रिक टन नै खरिदको कोटा पाएपछि २९ सय क्विण्टल मात्रै खरिद गर्न सकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.