खाेज्नुहाेस

गोदावरी– ४ का ललित समन्वय विभागको सदस्यमा मनोनित

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ का ललितराज भट्ट नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा मनोनित भएका छन । बास्कोटा निवासी युवा नेता भट्टलाई केशरी बिष्ट प्रमुख रहेको समन्वय विभागको सदस्यमा मनोनित गरिएको हो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायरद्धारा हस्ताक्षरित पत्रमा कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम मनोनित गरिएको बताईएको छ ।

attariya hospital

साथै पार्टीलाई थप मजबुत, सुदृढ एवम् गतिशिल बनाउन महत्वपुर्ण योगदान रहने अपेक्षा गरिएको समेत पत्रमा उल्लेख गरिएको छ ।