धनगढी – नेकपा एमालेका नेता भीम रावलले नेकपा एमाले भित्र तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने काम भएको बताएका छन । सामाजिक सञ्जाल मार्फत उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यलाई तानाशाही शैलीमा स्पष्टीकरण मागिएको र धम्क्याइएको आरोप लगाएका हुन ।
विवादित व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेको विषयमा विरोध गर्दा रावलसहित तीन नेतालाई एमालेले स्पष्टीकरण मागेको थियो ।
नेता रावलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सुप प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ ।’